विदेशी भूमिमा गीत रच्न व्यस्त दिपेन्द्र





नेपाली गीत संगीतप्रतिको मोह वढ्दो छ । यसैमा मरिमेट्ने उत्तिकै मात्रामा पाइन्छन् । चाहे त्यो गायनमा होस् या त संगीत श्रृजनामा अथवा गीत रचनामा नै किन् नहोस्, पछिल्लो पुस्तामा यसको क्रेज वढेको पाइन्छ ।
समय परीस्थिती अनि भोगाईहरुलाई उत्कृष्ट रचनामार्फत गीतमा उतार्न तल्लीन गीतकारहरु मध्येका एक हुन्, मोरङ टाढीस्थित किरात चोकका दिपेन्द्र खड्का । वाल्यअवास्थाबाट नै कथा, गीत, नाटक र गजलहरुको रचनामा सक्रिय उनी पछिल्ला केही वर्षयता विषेश गरेर गीत रचनामा लागिपरेका छन् । उनले यसअघि अधुरो जिन्दगी नामक नाटक संग्रह गाउँले दर्शक माझ पस्किसकेका छन् । र यसलाई राष्ट्रिय स्तरसम्म चिनाउने लक्ष्य समेत उनको छ ।





हाल साउदीमा कार्यरत उनी अवको केही समयपछि नै आफ्नो एकल रचना रहने एल्वमका गीतहरुको रेकर्डिङको तयारीमा जुटेका छन् । जहाँ इच्छा त्यहाँ उपाय भने झै आफू देश वाहिर रहेपनि आफ्नो श्रृजनालाई पूर्णता दिन उनी लागिपरिरहेका छन् यतिबेला । उनको यस कदमलाई सदैव संगीत क्षेत्रमा लाग्न हौसाला दिने उनकी सहयात्री रेखा तुम्सा खड्का गीतकार तथा गायक नरेन्द्र घर्ती र संगीतकार बि. बि अनुरागीको सहयोगमा उनको पहिलो गीत "तिमी मेरो जीवनमा आयौ र हाँस्न सिके" बोलको गीतको केही दिनअघि मात्र प्रिज्म स्टुडियोमा रेकर्ड सकिएको छ । यस गीतमा गायक अर्जुन सुनामको स्वर रहेको छ भने संगीत बि.बि अनुरागीको रहेको छ । यस्तै "कल्पनामा डुवी हेर म तिम्रै समिपमा हुन्छु" बोलको अर्को गीत केही दिनमै रेकर्डिङ सम्पन्न गर्ने सोच रहेको र उक्त गीतमा मिलन अमात्य र बि.बि अनुरागीको स्वर रहने छ भने संगीत बि.बि अनुरागीको रहने रचनाकार खड्काले जानकारी गराए ।
आफूले करीव सयभन्दा बढी गीतहरु रचना गरिसकेको भएपनि बल्ल आएर गीत रेकडिङ गर्न सफल भएपछि आफू हर्षित भएको उनले बताए । उनले भने, "मेरो लागि संगीत सम्पूर्ण कुरा हो र म मेरो जीवन रहुञ्जेलसम्म यस क्षेत्रबाट टाढा रहन सक्दिनँ ।" आफू यस क्षेत्रको विकासका लागि जुनसुकै हिसावबाट सदैव लागिपरिरहने कुरामा पनि उनले जोड् दिए ।

प्रस्तुती – किशोर श्रेष्ठ



Comments