दमकमा सशस्त्र प्रहरीको रक्तदान




४ फागुन, दमक।
झापाको दमकमा आयोजना गरिएको खुल्ला रक्तदानमा एक सय बढी पिन्ट रगत संकलन भएको छ ।
प्रजातन्त्र दिवसको अवसर पारेर लखनपुरस्थित सशस्त्र प्रहरी बल पाथिभरागणले गरेको रक्तदान कार्यक्रममा गणका १६ जना महिलासहित १ सय ६ जना सशस्त्र प्रहरीहरुले रक्तदान गरेको गणका गणपति भरतबाबु कार्कीले जानकारी दिए।
रगत अभावलाई न्युनिकरण गर्न सशस्त्र प्रहरीले बर्षेनी यस दिवसका अवसरमा रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आएको गणपति कार्कीले बताए।



नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा भएको कार्यक्रममा दमक नगरपालिका, दमक जेसिज, दमक उद्योग वाणिज्य संघ, लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट लगायतका संस्थाहरुले समेत सहयोग पुर्‍याएका थिए ।
तस्वीर - रक्तदान कार्यक्रममा सहभागी सशस्त्र प्रहरीहरु (विष्णु सुब्बा)




Comments