पूर्वाञ्चल चलचित्र पत्रकार संघ गठन



११ फागुन, पथरी।
पूर्वमा रहेर कला, मनोरञ्जन र चलचित्र सम्वन्धी समाचार लेख्दै आएका पत्रकारहरुको भेलाले आज सोमबार मोरङको पथरीशनिश्चरेमा सन्तोष राईको अध्यक्षतामा पूर्वाञ्चल चलचित्र पत्रकार संघ गठन गरेको छ ।
नेपाल पत्रकार महासंघ मोरङको सम्पर्क कार्यालय पथरीशनिश्चरेमा तदर्थ समिति गठन गरिएको हो । संघको सचिवमा नरेन्द्र बस्नेत र सदस्यहरुमा अनिल श्रेष्ठ, रचना दुलाल, तेजन खड्का, विवेक हाङ्माङ, किशोर श्रेष्ठ, मुना ग्लान, सञ्जु राई रहेका छन् । संघले ६ महिना भित्रमा पूर्वको १६ जिल्लाका सक्रिय कला, मनोरञ्जन र चलचित्र क्षेत्रको समाचार सम्प्रेषण गर्ने सक्रिय पत्रकाहरुलाई समेटेर अधिबेशन गर्ने संघका अध्यक्ष राईले जानकारी दिए ।

तदर्थ समितिमा झापा, मोरङ र सुनसरीका रंग पत्रकारहरु समेटिएको भेलामा जानकारी गराइयो ।



Comments