पशु विमाप्रति आकर्षण बढ्दै




१३ फागुन, दमक।
झापामा पशु बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सामुहिक रुपमा तथा एकल व्यवसाय गरेकाहरुले पनि पशुहरुको बिमा गर्न थालेका छन् ।
सरकारले ७५ प्रतिशत लगानी गरेको कारण समेत पशुपालक कृषकहरु पशु विमाप्रति आकर्षित भएका हुन्। पशु सेवा केन्द्र दमकका अनुसार दमकमा सामुहिक पशुपालन गरेका कृषकसँगै अन्यले समेत बिमा गर्ने गरेका छन् ।



केन्द्रका पशु प्राबिधिक बिनोद साफीले कृषकहरु पशुको बिमा गराउने क्रम बढेको जानकारी दिए। दमक १५ की सिता पाण्डेले २२ वटा गाई, समता गौ सदनले ३० वटा गाई, ज्ञानेन्द्र कार्कीले एउटा, कुमारी रेग्मीले १२ वटा गाईको बिमा गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गाई, बंगुर, भैंसीमा बिमा गराउने क्रम बढेको छ । पशुको मृत्यु भएमा बिमा वापतको रकम पाउने छन् । सरकारले सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्समार्फत पशु बिमा कार्यक्रम सञ्चालन गराएको छ ।



Comments