राष्ट्रसेवक हकहित समाजको नगर भेला सम्पन्न




२ फागुन, पथरी।
सेवानिवृत्त राष्ट्रसेवक हकहित समाज नेपालको पहिलो नगर भेला सम्पन्न भएको छ ।
पथरीशनिश्चरे १ स्थित पथरी उद्योग बाणिज्य संघको हलमा शनिबार सरकारी जागिरबाट अवकास प्राप्त भूतपूर्व सेना, प्रहरी र निजामति कर्मचारीहरुको गठन सेवा निवृत्त राष्ट्रसेवक हकहित समाज नेपाल पथरी शनिश्चरेको प्रथम साधरणसभा सम्पन्न गरेको छ ।



साविक पथरी गाविस र शनिश्चरे स्तरीय कमिटिलाई शनिबारदेखि नगर कमिटीको रुपमा सञ्चालन गर्न संगठनलाई नगर कमिटी गठन गरिएको समितिका अध्यक्ष नाराहाङ राईले जानकारी दिए । १ सय ६० जना सरकारी नोकरीका अवकाश प्राप्त सेना, प्रहरी र निजामति कर्मचारीहरु पथरीशनिश्चरेमा बसोबास गरिरहेको तथ्याङ्क रहेको बताइएको छ । शनिबारको कार्यक्रममा पदम बहादुर तामाङ र दिलबहादुर लावतीलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।








Comments