डाँगीहाट महोत्सव जारी, ३ करोडको कारोबार



तेजन खड्का
८ फागुन, उर्लाबारी।

मोरङको डाँगीहाटमा फागुन १ गतेबाट कृषि तथा बाणिज्य पर्यटन महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको आकर्षक प्रस्तुतीले रौनकता थपिएको छ । राष्ट्रिय कलाकारहरुले दर्शकहरुलाई नचाइरहेका छन् भने हास्यकलाकारको प्रस्तुतिमा डाँगीहाट हाँसिरहेको छ ।
उद्यम कृषक सहकारी संस्था लिमिटेड डाँगीहाट-५को आयोजनामा स्थानीय लक्ष्मी उच्च मावि खेल मैदानमा भइरहेको कृषि महोत्सवमा विभिन्न ९० वटा स्टलहरु राखिएका छन् । उक्त महोत्सवमा गायक प्रमोद खरेल, इन्दिरा जोशी, मिलन अमात्य, धिरज राई, साजन राई, आनन्द कार्की, कोमल वली लगायतका हास्य कलाकारहरु सिताराम कट्टेल, कुञ्जना घिमिरे, मनोज गजुरेल, विल्सनबिक्रम राई लगायतले मनोरञ्जन प्रदान गरेका छन्।



महोत्सवमा अवोलकन गर्नेहरुको भीड लागेको छ । महोत्सबमा ५ करोड बढीको कारोबार हुने र महोत्सवबाट मुनाफा भएको रकम डाँगीहाटकै विकास निर्माणमा खर्च गरिने आयोजक संस्थाका अध्यक्ष ध्रुवकुमार महतले जानकारी दिएका छन् । १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव पर्सी १० गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा आजसम्म ३ करोड रूपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।

फोटो क्याप्सन - महोत्सवमा गीत गाउँदै गायिका इन्दिरा जोशी



Comments