संगम स्वीट्सले दियो पत्रकार मञ्चलाई ल्यापटप




१ फागुन, दमक।
संगम स्वीट्स परिवारले सूचना सम्प्रेषणमा सहज होस् भन्ने उद्देश्यका साथ पत्रकार मञ्च दमकलाई ल्यापटप प्रदान गरेको छ ।
वातावरण संरक्षण र स्वास्थ्यका लागि स्वच्छ खानपानको बिषयमा अभियान शुरु गरेको संगम स्वीट्सले अभियानको उद्घाटनको क्रममा ल्यापटप प्रदान गरेको हो ।
संगम स्वीट्स प्रालिका कार्यकारी प्रमुख संमग शर्मा र वातवरण संरक्षणका अभियान्ता तथा खानपान बिशेषज्ञ डा. राजु अधिकारीले पत्रकार मञ्चका अध्यक्ष बिष्णुप्रसाद पोखरेललाई ल्यापटप प्रदान गरेका हुन्। सोही अवसरमा दमक जेसिजलाई समेत एक सेट साउण्ट सिस्टम प्रदान गरिएको थियो । दमक जेसिजका अध्यक्ष रेगिना भट्टराईलाई शर्माले उक्त साउण्ड सिस्टम प्रदान गरेका हुन् ।



कार्यक्रममा झापा क्षेत्र नं. ६ का सभाषद दीपक कार्कीले ब्यक्तिगत रुपमा तथा निजी क्षेत्रले यस प्रकारको सहयोग गर्नु अनुकरणीय भएको बताएका थिए। उनले संगम स्वीट्सले थालेको अभियानमा सबैको साथ रहनु पर्ने भन्दै आफ्नो सहयोग पनि रहने उल्लेख गरे।




Comments