२६ माघ, दमक।
झापाको दमकका एक युवाको दुवईमा शंकास्पद मृत्यु भएको छ । वैदेशीक रोजगारीका लागि युएईको दुवई पुगेको एक महिनामै दमक-६ का पर्शुराम चापागाईंको मृत्यु भएको हो ।
स्थानीय समाजसेवी रोशन बिष्टका अनुसार अघिल्लो दिन परिवारसँग गफ भएर पैसा पठाउने भनेको भोलिपल्ट नै उनको मृत्युको खबर आएको हो ।
उनको माघ २४ गते मृत्यु भएको जनाइएको छ । बिवाह गरेको १५ दिनमा बिदेश गएका छोराको मृत्यु भएपछि चापागाइँ परिवार शोकमा डुबेको छ ।
अञ्जली ओभरसिजमार्फत बैदेशिक रोजगारीमा गएका उनले त्यहाँ कम्पनी फेरेका थिए । परिवारका अनुसार अघिल्लो दिन राति ११ बजे परिवारसँग गफ भएको थियो । तर भोलिपल्ट अचानक मृत्युको खबर आएको थियो ।
Comments
Post a Comment