माईपश्चिम झापाका दुई चर्चित गायकलाई सम्मान गरिने



२१ माघ, दमक।
पश्चिमी झापाका २ जना चर्चित लोकगायकलाई दमकमा सम्मान गरिने भएको छ । जिल्लामा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका ती गायकहरुलाई सम्मान गर्न लागिएको हो । होटल व्यवसायी संघले माघ २३ देखि आयोजना गर्ने दमक फुड फेष्टिभलका अवसरमा गायकद्वय एलपी जोशी र सिताराम ताजपुरीयालाई सम्मान गर्न लागिएको हो ।
संघका क्षेत्रीय अध्यक्ष राजन दंगालले सांगीतिक क्षेत्रमा दुई स्रष्टाहरुले पुर्‍याएको योगदानलाई कदर गर्दै सम्मान गर्न लागिएको जानकारी दिए। मेलाको उद्घाटनका अवसरमा श्रष्टाद्वयलाई सम्मान गरिने संघले जनाएको छ ।
माघ २९ गतेसम्म फेष्टिभलमा स्थानीयसँगै राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति रहने छ । मेलामा स्थानीय खानाका परिकार, हस्तकलाका सामाग्रीहरु रहने मेलाका संयोजक सुधीर प्रधानले जानकारी दिए ।





Comments