भ्यालेन्टाइन डेमा डान्स पार्टी



३ फागुन, पथरी।
मोरङ पथरीशनिश्चरेको संकल्प युवा समाजले प्रणय दिवसको अवसरमा 'अनुशासित, विकसित र सुन्दर समाज निर्माणका लागि युवा एकता' भन्ने मूल नाराका साथ शनिबार भ्यालेन्टाइन नाइट डान्स पार्टीको आयोजना गरेको थियो ।
पथरीस्थित सरस्वती गेष्ट हाउसमा भएको उक्त डान्स पार्टी साँझ ४ बजेदेखि राति १० बजेसम्म चलेको थियो । करिब २ सयको हाराहारीमा युवा युवतीको उपस्थितिमा डिजे विशाल र हाङ्खिमको केमेस्ट्रीले सबैलाई असिन पसिन हुनेगरी नाच्न बाध्य तुल्याएको थियो । अहिलेका टिनएजरहरु फेसेनेवल ड्रेसमा सजिएर हातमा क्यान बियर लिएर विन्दास तरिकाले नाचेका थिए । डान्स पार्टीमा बेस्ट कपल र बेस्ट ड्रेसअपलाई पथरीका युवा समाजसेवी हेमन्त सुवेदीले पुरस्कार प्रदान गरेका थिए ।

यस किसिमको डान्स पार्टी आगामी दिनमा पनि संकल्प युवा समाजले आयोजना गर्ने संयोजक किशन चाम्लिङले जानकारी दिए ।


Comments