२७ माघ, दमक।
लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको भवन निर्माणका लागि दमकका तीनजना दाताले संयुक्त रुपमा करिव १० लाख रूपैयाँ मूल्य पर्ने एक कठ्ठा जग्गा दिएका छन् । लायन्स ग्रिनरी कोलनीका सञ्चालकत्रयले लायन्सको कार्यालय भवन निर्माण गर्न दमक-४ स्थित डाकिनीमा १ कठ्ठा जग्गा दान गरेका हुन् ।
दमकका चन्द्र गजमेर, फौद गहतराज र विरबहादुर रामदामले संयुक्त रुपमा १ कठ्ठा जग्गा दिएका हुन् । लायन्स क्लवका कोषाध्यक्ष समेत रहेका गजमेरले संस्थाको कार्यालय भवन बनाउन सो जग्गा दिएको र आगामी बर्षबाट भवन निर्माणको काम थाल्ने बताए ।
Comments
Post a Comment