इलाका प्रशासनमा भीड बढ्यो, आफ्नै भवन निर्माणको तयारी



११ फागुन, दमक।
दमकमा रहेको इलाका प्रशासन कार्यालयको क्षेत्र बिस्तार भएसँगै सेवाग्राहीहरुको भिड लाग्ने गरेको छ ।
नागरिकता, नाबालक परिचयपत्र, राहदानी सिफारिसका लागि कार्यालयमा आउने सेवाग्राहीहरुको भिड बढेको हो ।
कार्यालयका प्रमुख उपसचिव बासु कोइरालाले राहदानीको सेवासँगै २ नगरपालिका र ३ गाबिसका सेवा थप भएपछि कामको चाप बढेको जानकारी दिए। यही फागुन १ गतेबाट इलाका प्रशासनले माइपश्चिममा रहेको सबै गाबिस र २ नगरपालिकाको काम हेर्दै आएको छ । त्यस्तै गरी राहदनी आए नआएको जानकारीसमेत एसएमएसबाट दिन थालिएपछि सेवाग्राहीहरुलाई सहज भएको कार्यालयले जनाएको छ ।



यसबीच कार्यालय व्यवस्थापनका लागि दमक १३ मा १० कठ्ठा जग्गा उपलब्ध भएको इलाका प्रशासन कार्यालयले जनाएको छ । त्यसका लागि भुमिसुधार बिभागमा फाइल पुगेको कार्यालयले जनाएको छ । अब भवन निर्माणकका लागि तयारी थालिएको उपसचिव कोइरालाले बताए।




Comments