फेसबुकमा असभ्य कमेन्ट गर्नेलाई प्रहरीले चेतावनी दिई छाड्यो

-->

फटाहा मण्डल
१२ फागुन, मोरङ।
फेसबुकमा छद्म खाता खोली अरुको सामाग्रीमा असभ्य कमेन्ट गर्ने मोरङ हसन्दहका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी चेतावनी दिएर छोडेको छ ।
युएईमा कार्यरत मोरङकै संचारकर्मी रामकुमार परियारको अनलाइन उजुरीको आधारमा प्रहरीले हसन्दह-७ का प्रमोल मण्डललाई पक्राउ गरेको हो । मण्डलले आइतवार परियारद्वारा प्रकाशित एक सामाग्रीमा असभ्य कमेन्ट गरेको र उक्त कमेन्टले आफ्नो मान हानी भएको भन्दै आवश्यक कार्वाहीका लागि मोरङ प्रहरीमा अनलाइन उजुरी गरेका थिए ।

-->

सेखर कुमारको छदम खाता बनाई यसता हर्कत गर्दै आएका हसन्दह-७ का प्रमोल मण्डलमाथि तत्कालै छानबिन गरी वास्तविक पहिचान पत्ता लगाई प्रहरीले पक्राउ गरेको हो । पहिलोपटक यस्तो गल्ती गरेको हुँदा चेतावनीसहित लिखित कागज गराई आगामी दिनमा गल्ती नदोहोर्‍याउने शर्तमा छोडिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
साथै अनलाइनमा यस्ता कुनै पनि किसिमका दुर्व्यवहार, दुरुपयोग भएको खण्डमा नेपाल प्रहरीलाई जानकारी गराई साइबरसम्वद्ध अपराध उन्मुलनमा सहयोग गर्न सबैलाई मोरङ प्रहरीले आग्रह समेत गरेको छ ।


-->

Comments