फुड फेष्टिभल सम्पन्न

-->
२९ माघ, दमक।
झापाको दमकमा भएको प्रथम दमक फुड फेष्टिभल आज सम्पन्न भएको छ ।
यही माघ २३ गतेदेखि शुरु भएको फेष्टिभल आज सकिएको हो ।
होटल व्यवसायी संघ क्षेत्रीय समिति दमकको आयोजनामा भएको फेष्टिभलमा स्थानीय खाना परिकार, आदिबासी परिकारसँगै घरेलु उत्पादन, हस्तकला, कृषि उपजहरुको प्रदर्शनी गरिएको थियो ।
मेलामा ६० लाख रूपैयाँ बराबरको कारोबार भएको आयोजक होटल व्यवसायी संघका अध्यक्ष राजन दंगालले जानकारी दिए। दमकमा पहिलोपटक आयोजना गरिएको मेला सफल भएको संघले दाबी गरेको छ ।

-->
७ दिनसम्म चलेको मेलामा स्थानीयसँगै राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो । मेलामा बरिष्ठ लोकगायकद्वय एलपी जोशी र सिताराम ताजपुरीयालाई सम्मान समेत गरिएको थियो ।
समापनका अबसरमा मेला सञ्चालनमा सहयोग पुर्‍याउने बिभिन्न संघ सस्थाहरुलाईसमेत सम्मान गरिएको थियो । मेलामा कलाकारहरु सुरेन्द्र केसी, शिवशंकर रिजाल, इन्दिरा जोशी, शिव परियार, कमल खत्री, गिरिश खतिवडा लगायतले प्रस्तुती दिएका थिए।


-->

Comments