सुखानी सहिद दिवसमा एमालेले वृहत रक्तदान गर्ने


११ फागुन, दमक।
नेकपा एमाले झापाले कम्युनिष्ट पार्टीको स्थापना दिवसमा बिभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । सोही अवसरमा यही फागुन २१ गते सुखानी शहिद स्मृति पार्क सालबारीमा बृहत रक्तदान कार्यक्रम गर्ने पार्टीले निर्णय गरेको छ ।
आज पार्टीको जिल्ला कमिटीको सचिवालय बैठकले कम्युनिष्ट सहिदहरुको स्मृतिमा कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिए। आउँदो बैशाख १० गते एमाले कार्यकर्ताले घर-घरमा कम्यूनिष्ट पार्टीको झण्डा फरफराउने समेत निर्णय भएको एमालेले जनाएको छ ।

त्यस्तै पार्टीको १ सय दिने अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।





Comments