संयुक्त राष्ट्रसंघको सहयोगको भूमिकामा जोड




१ फागुन, दमक।
राष्ट्रिय मेलमिलाप समिति भुटानले शरणार्थीहरुको स-सम्मान स्वदेश फिर्तीमा संयुक्त राष्ट्रसंघको सहयोगी भूमिका हुनुपर्ने माग राखेका छन् ।
आज समितिको एक प्रतिनिधिमण्डलले राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोग दमक कार्यालयमा ज्ञापन पत्र बुझाउँदै स्वदेश फिर्तीका लागि पहल गरिदिन माग गरेको हो । राष्ट्रसंघमार्फत शरणार्थीहरुको स्वदेश फिर्ती सम्भव भएको निष्कर्ष निकाल्दै समितिले ८५ परिवारका ४ सय ७० भुटानीहरुको हस्ताक्षरसमेत बुझाएको छ ।
समितिका संयोजक शेरबहादुर राई नेतृत्वको टोलीले दमक कार्यालयका प्रमुख सिन्जो कुभोलाई ज्ञापन पत्र बुझाएको थियो ।








Comments