आफ्नै आमालाई कुटेर मार्ने पक्राउ




१० फागुन दमक।
आफ्नै आमाको हत्या गरेको अभियोगमा प्रहरीले झापाको डाँगीबारीका एक जनालाई पक्राउ गरेको छ।
आमालाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ पर्ने डाँगीबारी ८ का ३३ बर्षीय बुद्धिमान राई हुन् ।




राईले गत शुक्रबार साँझ पाँच बजेतिर डाँगीबारी ८ स्थित आफ्नै घरमा ६८ बर्षीया आमा फुलमायालाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । छोराको कुटाईबाट गम्भीर घाइते फुलमायालाई तत्काल उपचारको लागि विर्तामोडस्थित कन्चनजंघा अस्पताल लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि बि.पि. कोइलारा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। त्यहाँ पनि उनको एपचार हुन नसकेपछि उनलाई घरमै ल्याइएको अवस्थामा आज विहान १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमर्टमको लागि मेची अंचल अस्पताल पठाइएको कुटपिट गर्ने छोरा बुद्धिमानलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक नारायण प्रसाद गौतमले जानकारी दिए।



Comments