रेडक्रस र साई केन्द्रद्वारा रक्तदान




५ फागुन, दमक।
महाशिवरात्रीको अवसर पारेर झापाको धरमपुर र इलामको चुलाचुलीमा मंगलबार भएको रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको छ । सत्य साई केन्द्र धरमपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा १२ महिला सहित २० जनाले रक्तदान गरेका थिए । रगतको अभाव हुन नदिन मानवीय सेवामूलक रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक तेजेन्द्र घिमिरेले जानकारी दिए ।



कार्यक्रममा सत्य साईराम राष्ट्रिय सेवा संयोजक नविन श्रेष्ठ, क्षेत्रीय अध्यात्मिक संयोजक शिव शाह, गोपाल खत्री लगायतको उपस्थिति रहेको थियो । सो अवरमा साई सम्बन्धी बिभिन्न प्रकारका भजन, हाजिरी जवाफ, खेलकुद र प्रवचन भएको थियो ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी उपशाखा चुलाचुलीले हात्तीलेदामा खुल्ला रक्तदान कार्यक्रम गरेको थियो । त्यस अवसरमा १९ पिन्ट रगत संकलन भएको थियो ।
ती दुवै रक्तदान नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा भएको थियो ।


Comments