२२ माघ, दमक।
झापाको दमकका युवा गोविन्द थापा एमालेसम्वद्ध युवा संघ नेपालको केन्द्रीय कमिटीको उपाध्यक्षमा बढुवा भएका छन् ।
काठमाण्डौमा बुधवार बसेको केन्द्रिय कमिटीको बैठकले थापालाई उपाध्यक्षमा बढुवा गरेको हो । अर्का उपाध्यक्षमा सचिव सरोजदिलु बिश्वकर्मा चयन भएका छन । यसअघि थापाले कोषाध्यक्ष र बिश्वकर्माले सचिवको जिम्मेवार सम्हालिसकेका छन । संघका अध्यक्ष महेश बस्नेतले यसै महिनाबाट ४० बर्ष पुगेको हुन् भने उपाध्यक्ष झपट रावल पनि ४० बर्ष पुगेकाले दुवै जनाले संघबाट राजिनामा दिएका हुन्।
युवासंघको बिधानले ४० बर्षभन्दा माथिकाले नेतृत्वमा बस्न पाइँदैन । अध्यक्ष बस्नेतले राजिनामा दिएपछि युवा संघको अध्यक्षमा उपाध्यक्ष निरुपाललाई चयन गरिएको प्रचार बिभाग प्रमुख प्रभातविक्रम कटुवालले बताए । रिक्त रहेको सचिवमा अनेरास्ववियुका पूर्व सचिव वचनबहादुर सिंहलाई मनोनित गरेको संघले जनाएको छ । कोषाध्यक्षमा माधव बास्तोलालाई मनोनित गरिएको छ भने प्रभात विक्रम कटुवाल स्थायी समितिमा सदस्य बढुवा भएका छन्।

Comments
Post a Comment