२४ माघ, दमक।
बनमन्त्री महेश आर्चायले बिपक्षीहरुले सहमतिको नाममा बिभिन्न वखेडाहरु झिकेर संविधानसभालाई विफल पार्न खोजिरहेको आरोप लगाएका छन् । उनले संम्बाद, छलफल र वार्ताद्वारा समस्याको निकास खोज्नुपर्ने बिकल्पहरु हुदाँहुँदै एकीकृत माओवादी लगायत मधेशी मोर्चाले संविधानसभाभित्र गरेको गतिविधीले संविधान निर्माणमा बाधा पुर्याएको बताएका छ।
झापाको शिवसताक्षी नगरपालिका-६ झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको निरीक्षण गर्नुअघि नेपाली कांग्रेस नगर समितिद्वारा आज आयोजना गरिएको कार्यकर्ता भेटघाटमा बोल्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री आचार्यले माघ ८ मा नै लोकतान्त्रिक संविधान ल्याउन एमाओवादी लगायतका दलहरु बाधक भएको बताए ।
'उहाँहरुको कारण नै हामी घोषित समयमा संविधान ल्याउन चुकेका छौ', मन्त्री आचार्यले भने, 'अझै समय छ, आन्दोलन त्यागेर सहमतीमा नयाँ संविधान ल्याउन आउनै पर्छ ।' एकल जातिय पहिचानको आधारमा संघीय राज्य निर्माण हुन नसक्ने भन्दै उनले समावेशी मुलुकमा समामेशी नामकरण गर्न आफूहरुको प्रस्तावलाई मोर्चाले स्वीकार गर्नुपर्नेमा जोड दिए। संविधानसभाभित्रवाट नै संविधान ल्याउनु पर्ने म्यान्डेट जनताले दिएकाले संविधानसभालाई बचाएर प्रकृयाको माध्यमद्वारा संविधान ल्याउनु पर्ने मन्त्री आर्चायको भनाई थियो ।
मन्त्री आचार्यले इलाका प्रहरी कार्यालय झिलझिलेको भवन अवलोकनपछि वन मन्त्रालय अन्तर्गत रहेको जग्गा कानुनी प्रकृयामा रहेर हेरिनुपर्ने उल्लेख गरे। त्यस क्रममा मन्त्री आचार्यले फरक मन्त्रालयको स्वामित्वमा रहेको सम्पतिलाई तत्कालै जग्गा पास गर्न सकिने अवस्था नरहेकोले मन्त्रालयमा अध्ययन गरिने क्रममा रहेको जानकारी दिए। २०३२ सालमा स्थापना भएको सो प्रहरी कार्यालय रतुवामाई बृक्षारोपण आयोजनाको बनक्षेत्रको १७ कठ्ठा जमिनमा रहेको छ ।
Comments
Post a Comment