लखनपुरका ४ वटा वडामा सरसफाई परिचयपत्र लागू



१ फागुन, दमक।
झापाको लखनपुर गाविसले आफ्ना ४ वटा वडाहरुमा आजदेखि सरसफाई परिचय पत्र लागू गरेको छ । लखनपुरका ६ ,७ ,८ र ९ नम्बरका वडाहरुमा गाविसले सरसफाई परिचयपत्रलाई अनिवार्यका रुपमा लागू गरेको हो । ती वडाका बासिन्दाहरुले गाविसबाट उपलब्ध गराइने सवै खाले सेवाहरु लिन आउँदा सो परिचयपत्र संलग्न गराउनुपर्ने निर्णय भएको गाविस सचिव राकुमार शाक्यले जानकारी दिए। उनले गाविसबाट उपलब्ध गराइने सेवा लिन सो परिचयपत्र अनिवार्य समावेश गर्नु पर्ने बताए।



गाविस र स्थानीय लखनपुर सरसफाई तथा स्वच्छता मूल उपभोक्ता समितिले चर्पी प्रयोग नगर्ने समुदायहरुलाई आवश्यक सामाग्री उपलब्ध गराएको थियो । समितिमार्फत वडा नम्बर ६ मा ४१, वडा नम्बर ७ मा १सय ६५, वडा नम्बर ८ मा ३ सय ३१ र ९ नम्बर वडामा १ सय ६५ जनाले परिचय पत्र लिइसकेका छन् । यसअघि नै चर्पी प्रयोग गर्नेहरुले समेत सो परिचय लिनुपर्ने गाविस सचिव शाक्यले जानकारी दिए।
दुई बर्षअघिबाट लखनपुरलाई खुल्ला दिसापिसावमुक्त क्षेत्र बनाउन ९ वटा वडाहरुमा अभियान सञ्चालन भइरहेको मूल समितिका सचिव प्रमोद दाहालले बताए। ती वडाहरुलाई गाविसले खुल्ला दिसापिसाव मुक्त क्षेत्र घोषणा गर्ने तयारीमा रहेको गाविस सचिव शाक्यले जानकारी दिए।



Comments