पाणिनीलाई सहयोग गर्ने सभासद सुब्बाको आश्वासन





१२ फागुन, दमक।
संविधान सभाकी सभासद महेन्द्रा कुमारी सुब्बाले झापाको दमक १५ स्थित पाणिनी माविको भौतिक अवस्था सुधारको लागि आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएकी छिन् ।
सुव्वाले सोमबार सो विद्यालयमा आयोजित भेटघाट कार्यक्रममा त्यस्तो आश्वासन दिएकी हुन् ।
सो विद्यालय झापाको ७ नम्बर क्षेत्रका विद्यालयमध्येकै नाजुक अवस्थामा रहेको आफूले पाएको उनले बताइन् । उनले विद्यालयमा फर्निचरको व्यवस्थाका लागि र नर्सरी कक्षा कोठामा सिलिङ हाल्न सहयोग गर्ने बचन दिइन् ।


उनले यसपटक आफूले सभासदका रूपमा खर्च गर्न पाउने रकम अन्यत्र खर्च भइसकेको भएपनि अन्य स्रोत जुटाई विद्यालयको भौतिक अवस्थामा सुधार ल्याउने आश्वासन दिएको विद्यालयका प्र.अ. टिकाराम भण्डारीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम रिजालको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य चन्द्र बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए ।




Comments