पक्राउ परेका कार्यकर्ताहरु रिहा गर्न माग





३ फागुन, दमक।
किरात लिम्बुवान राष्ट्रिय परिषदले प्रशासनद्वारा पक्राउ गरिएका आफ्ना कार्यकर्ताहरु रिहा गर्न माग गरेको छ । आज परिषदले एक विज्ञप्ती निकालेर केही महिनाअघि मोरङ र ताप्लेजुङबाट समातिएका चन्द्रबहादुर लिम्बु लगायतका दशजना कार्यकर्ताहरुलाई विनासर्त रिहाई गर्न माग गरेको हो।
आफ्ना निर्दोष कार्यकर्ताहरुलाई प्रहरी प्रशासनले एकपक्षीय रुपमा फँसाएर विभिन्न मुद्दा चलाएको भन्दै परिषदले रिहा नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ। परिषदका अध्यक्ष चोलुङद्वारा जारी विज्ञप्तीमा प्रशासनले आफ्ना माग सुनुवाई नगरे लिम्बुवानभरी थप संघर्षका कार्यक्रमहरु थाल्ने चेतावनी दिइएको छ।




Comments