खुकुरी प्रहार गरी श्रीमतीको हत्या



५ फागुन, सुनसरी।
सुनसरीको इटहरीमा आज दिउँसो एक व्यक्तिले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
घरायसी बिबादको कारण इटहरी २२ का २८ बर्षिय सुरज कार्कीले आफ्नै श्रीमती २६ बर्षिया सुष्मा कार्कीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका हुन् ।
श्रीमानले गरेको खुकुरी प्रहारबाट गम्भीर घाइते सुष्माको धरान स्थित बि. पि. कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा अपरान्ह पौने चार बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।


खुकुरी प्रहार गर्ने सुरज कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।



Comments