दमकमा डेढ सय सुनचाँदी पसल



५ फागुन, दमक।
दमकका युवा व्यवसायी चन्द्र तथा रविन गजमेरले संयुक्त रुपमा यहाँ सुनचाँदी व्यवसाय सञ्चालन गरेका छन् । आज महाशिवरात्री पर्वका अवसर पारेर दमकको फाल्गुनन्द चोकमा सतरुपा सुनचाँदी नामक पसल शुरु गरेका हुन् । सो व्यवसायको औपचारिक कार्यक्रम गरी नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय सदस्य तथा दमक अध्यक्ष ऋषिधन गजमेरले उद्घाटन गरे। उनले सुनचाँदीको व्यवसायलाई व्यवस्थित गर्न खाँचो रहेको औंल्याए। सुनचाँदीको व्यवसायलाई सरकारले अनेकौं लान्छना लगाएर व्यवसायीहरुलाई अफ्ठयारोमा पार्दै आएको उनले बताए।



त्यस अवसरमा उनले झापामा ४ सय ५० वटा सुनचाँदीका ब्यवसाय रहेको तथा दमकमा मात्र करिव डेढ सय व्यवसाय सञ्चालनमा रहेको जानकारी दिए। जिल्लामा सवैभन्दा बढी दमकमा यस्तो व्यवसाय रहेको उनले बताए। पसल उद्द्धाटनका अवसरमा स्थानीय व्यवसायी, सामाजिक क्षेत्रका विभिन्न ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।




Comments