चारवटा पसलबाट २० बोरा प्लाष्टिक बरामद



६ फागुन, दमक।
झापाको दमक नगरपालिकाले प्लाष्टिक झोला बिक्री बितरण गर्ने ४ वटा पसलबाट २० बोरा प्लाष्टिक नियन्त्रणमा लिएको छ ।
दमकका ४ वटा डिलरमा छापा मारी प्लाष्टिक झोला नियन्त्रणमा लिएको हो । नगर प्रहरीको टोलीले दमक-११ को ललिता स्टोरबाट २ बोरा, दमक -११ कै अप्सरा स्टोरबाट १२ बोरा, दमक -१३ को नारायण किराना पसलबाट १ बोरा र सञ्जय बिजय किराना पसलबाट ३ बोरा प्लाष्टिक नियन्त्रणमा लिएको हो ।
नगर प्रहरी योगेन्द्र खत्रीका अनुसार नगर प्रहरीको टोलीले बिभिन्न स्थानमा चेकजाँच गरी प्लाष्टिक झोला नियन्त्रण थालेको जानकारी दिए। दमकलाई फागुन १ गतेबाट प्लाष्टिक निषेधित नगर घोषणा गरिएको छ ।
अनुसन्धानपछि उनीहरुको पसलको दर्ता खारेज गरिने कार्यकारी अधिकृत युवराज दाहालले बताए ।











Comments