एमाओवादी निकट शिक्षक संघको अध्यक्षमा राजभण्डारी



२९ माघ, बिर्तामोड।
एमाओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन झापाको अध्यक्षमा शिवकुमार राजभण्डारी सर्वसम्मत छानिएका छन् । संगठनको विहीबार विर्तामोडमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट उनीसहित २८ सदस्य सर्वसम्मत छानिएका हुन् ।
संगठनको वरिष्ठ उपाध्यक्षमा कृष्ण मैनाली, उपाध्यक्षद्वयमा शेरबहादुर कार्की, पर्शु गौतम, सचिवमा टंक बस्नेत, सह-सचिव कपिलदेव तिम्सिना र कोषाध्यक्षमा शारदा पाठक रहेका छन् ।



तीनवर्षको कार्यकाल रहने कमिटीको सदस्यमा आरवी गौतम, अर्जुन कार्की, रविन्द्र मैनाली, टीकाराम पौडेल, कमलप्रसाद कडरिया, मिना ओली, खेमराज गौतम, शंकरलाल चौधरी, कोपिला दाहाल, टीकाप्रसाद खनाल, विश्वनाथ राजवंशी, गोपालकृष्ण भेट्वाल, टंकप्रसाद आर्चाय, सांसद आलम, टेकनाथ शिवाकोटी, नेत्र पौडेल, अञ्जु पोखरेल, प्रकाशचन्द्र राजवंशी, टेकनारायण राजवंशी, विष्णुप्रसाद भट्टराई र प्रेम राई रहेका छन् ।
बाँकी ७ सदस्य मनोनित गरिने अध्यक्ष राजभण्डारीले जानकारी दिए ।
'विभेदकारी शैक्षिक नीति अन्त्य, सुनिश्चित र मर्यादित शिक्षण पेशाका लागि सशक्त शैक्षिक आन्दोलन' भन्ने नाराका साथ भएको सम्मेलनको उद्घाटन एमाओवादीका केन्द्रीय सदस्य अग्निप्रसाद सापकोटाले गरेका थिए । संगठनमा ९ सय ३५ बढी शिक्षक संगठित रहेको संगठनले जनाएको छ।




Comments