चन्द्रदर्शन सहकारीको भवन शिलान्यास



१४ फागुन, दमक।
झापाको लखनपुरमा रहेको चन्द्रदर्शन सहकारी संस्थाले भवन निर्माण शुरु गरेको छ ।
आज लखनपुर -१ पाडाजुँगीमा वैदिक विधिअनुसार पूजाआजा गरी भवन शिलान्यास गरिएको हो । आगामी असारभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको अध्यक्ष शेरबहादुर श्रेष्ठले जानकारी दिए । भवन निर्माण सम्पन्न गर्न शेयर सदस्य योगेन्द्र थापाको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गरी काम थालिएको अध्यक्ष श्रेष्ठले बताए।
समितिको सदस्यद्वयमा बालकृष्ण गौतम र शान्तकुमार राई रहेका छन् ।




२२ लाख रुपैयाँको लागतमा एक तले भवन निर्माण गरिने समितिका संयोजक योगेन्द्र थापाले जानकारी दिए। निर्माण शुरु गरिएको सो भवनको लक्ष्य ५ तल्ले राखिएको जनाइएको छ । २०६८ सालमा स्थापना भएको सो सहकारीका शेयर सदस्यहरुले थप शेयर रकम र जगेडा कोषबाट भवन निर्माण पूरा गरिने व्यवस्थापक उत्तम राईले जानकारी दिए।
सहकारीका २ सय ३६जना शेयर सदस्यहरु रहेका छन् ।




Comments