मोवाइल पसलमा लुटपाट गर्ने भारतीय नागरिक पक्राउ



१४ फागुन, बिर्तामोड।
राजगढ बजारमा लुटपाट मच्चाएर फरारमध्ये एकजना भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहार राज्य, किशनगंज जिल्ला, दिघलवैङ्क थाना महमारी ग्राम पंचायत बस्ने २६ वर्षीय मोहमद नासिर मिया रहेको इलाका प्रहरी कार्यालय राजगढका प्रमुख मनोजकुमार पौडेलले जानकारी दिए।
खगेन्द्र गणेशको राजगढ- ६ स्थित नयाँ बजारमा रहेको मोवाइल पसलमा मंगलबार राति लुटपाट मच्चाउने मियालाई भारतीय प्रहरीको सहयोगमा दशगजा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मियालाई जिल्ला प्रहरी कार्यालय झापा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




लुटपाटमा संलग्न अन्य तीनजना भारतीय नागरिक भारतको दिगलबैंक थानाअन्तर्गत टप्पुका महमद तफेजुल, महमद मञ्जर आलम र महमद इसाहक. फरार रहेकाले उनीहरुको खोजी कार्य भइरहेको बताइएको छ ।
लुटेरा समूहले मंगलवार राति गणेशको पसलबाट ७ लाख रूपैयाँभन्दा बढी मूल्यको मोवाइल सहित एलसीडी, नगद तथा अन्य सामाग्री लगेको प्रहरीले जनाएको छ ।
यता बजारमा लुटपाट मच्चाएर फरार भएसँगै त्यहाका स्थानीय व्यवसायीले बुधबार राजगढ बजार बन्द गराएका थिए ।





Comments