भारतीको अध्यक्षतामा वीरता जेसीजको नयाँ नेतृत्व चयन



७ फागुन, बिर्तामोड।
वीरता जेसीज बिर्तामोडको सन् २०१५ का लागि नयाँ नेतृत्व चयन भएको छ ।
आज विहीवार विहान सम्पन्न ३४औं साधारणसभा तथा शाखा अधिवेशनबाट अध्यक्षमा भक्तराज भारती तथा कार्यकारिणी उपाध्यक्षमा प्रवीन खड्का र राजीव धिमाल सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत आनन्दकुमार बस्नेतले घोषणा गरे ।
जेसीजको कानुनी सल्लाहकारमा पत्रकार एकराज गिरी, महासचिवमा वीरबहादुर दर्नाल, कोषाध्यक्षमा सञ्जु भारती मनोनित भएका छन् ।




त्यस्तै संयुक्त सचिवमा दिवाकर प्रसाईं, उपाध्यक्षहरुमा दिवाकरलाल चौधरी, मेघराज कार्की (मिकी), प्रकाश सुवेदी र असीम श्रेष्ठ तथा जनसम्पर्क अधिकारीमा यम विमली सर्वसम्मत चयन भएका छन् । प्रकरण निर्देशकमा खगेन्द्र थापा मनोनित भएका छन् । निर्वाचन अधिकृत बस्नेतले सर्वसम्मत भएको नेतृत्वको घोषणा गरेका थिए भने बर्ष सन् २०१४का अध्यक्ष विशाल थापाले शुभकामना दिएका थिए । अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, संयुक्त सचिव, उपाध्यक्ष र जनसम्पर्क अधिकारी निर्वाचन प्रक्रियाबाट सर्वसम्मत भएका हुन् भने कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष र प्रकरण निर्देशक अध्यक्ष भारतीले मनोनित गरी कार्यसमितिलाई पूर्ण दिएका हुन् ।




Comments