गाविसको घेराबेरा निर्माण कार्य शुरु





२ फागुन, लखनपुर।
झापाको लखनपुर गाविसको कार्यालय भवनको घेराबेरा निर्माण कार्य शुरु भएको छ । जिल्ला विकास समितिको करिव २ लाख ५० हजार रुपैयाँको लागतमा पक्की घेराबेरा निर्माण कार्य शुरु भएको गाविस सचिव राजकुमार शाक्यले जानकारी दिए । सो रकमबाट गाविसको वरिपरि क्षेत्रको ४६ मिटर लामो पक्की पर्खाल निर्माण हुने जनाइएको छ ।





यसैगरी गाविसले जिविस सहयोगमा व्यवसायीक टहरा निर्माण गर्ने भएको छ । जिविसको ५ लाख रुपैयाँ र गाविसको अन्य स्रोत जुटाएर गाविसको प्रवेशद्वारमा व्यवसायीक टहरा निर्माण गरिने भएको सचिव शाक्यले बताए। गाविसको आन्तरिक स्रोत अभिबृद्धि गर्न त्यहाँ एक दर्जन बढी टहराहरु बनाइने उनले जानकारी दिए ।
सो काम यसै बर्षभित्र पूरा हुने समेत जनाइएको छ ।



Comments