चुम्लुङका अग्रजहरुलाई सम्मान गरिने



६ फागुन, दमक।
किरात याक्थुङ चुम्लुङ झापाले चुम्लुङका अग्रजहरुलाई सम्मान गर्ने भएको छ । चुम्लुङ झापाको नवौं जिल्ला अधिवेशनको उद्घाटनका अवसरमा यहि फागुन ९ गतेका दिन पूर्व जिल्ला अध्यक्षहरु सहित ८ जना अग्रजहरुलाई सम्मान गरिने भएको हो । यसरी सम्मानीत हुनेहरुमा पूर्व अध्यक्ष टेकबहादुर योङहाङ, पूर्व केन्द्रीय सदस्यहरु नरपति फोरम्बो, मिना पन्धाक, नरबहादुर योङहाङ, पूर्व जिल्ला सचिव कृष्णकुमार थेवे, शेर वहादुर इङनाम, बलिराज इङनाम र जगनध्वज वनेम छन्।




यस्तै, जिल्लाअन्तर्गत गाँउ, नगर तर्फबाट क्रमशः दमक र पृथ्वीनगर उत्कृष्ट शाखाका रुपमा घोषित भएका छन् । ती दुई शाखालाई समेत चुम्लुङ झापाले पुरस्कृत गर्ने जिल्ला सचिव विष्णु सुब्बाले जानकारी दिए।
तीन बर्षको अवधिमा जिल्ला भरिबाट ती दुई शाखाले गरेका विभिन्न कृयाकलाप तथा सांगठानीक गतिविधिहरुलाई मापन गर्दै यसै अधिवेशनबाट शाखा उत्कृष्टलाई पुस्कृत गरिने निर्णय भएको सचिव सुब्बाले बताए।
चुम्लुङ झापाको हालै सम्पन्न बैठकले ती व्यक्तित्व तथा शाखा उत्कृष्ठ छनौट गरेको जनाइएको छ ।



Comments