शिविरमा घरेलु रक्सी नष्ट




११ फागुन, बेलडाँगी।
झापाको दमकस्थित भूटानी शरणार्थी शिविर वेलडाँगी क्षेत्रभित्र विभिन्न समय र स्थानमा सशस्त्र प्रहरीले बरामद गरेको घरेलु रक्सी आज सार्वजनिक रुपमा नष्ट गरिएको छ ।
शिविरभित्र लैजाँदैगरेको अवस्थामा बरामद गरिएको १ सय २५ लिटर घरेलु रक्सी सामाजिक तथा संघ संस्थाका प्रतिनिधिको रोहवरमा खाडल भित्रमा हालेर नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक रमेश पाण्डेले जानकारी दिए ।



घरेलु रक्सी नष्ट गर्दा यूएनएचसीआरका प्रतिनिधि गोविन्द सुनुवार, शिविर सुपरिवेक्षक यज्ञ निरौला, सामुदायिक सञ्जालका संयोजक नैनसिंह भण्डारी, शिविर सचिव सन्चहाङ्ग सुव्बा, संचारकर्मी डिकेश लामा लगायतको उपस्थिति रहेको थियो ।
मादकजन्य पदार्थको प्रयोग शिविरभित्र प्रतिवन्ध लगाइएको धेरै बर्ष वितिसक्दा समेत पूर्ण रुपमा प्रतिबन्ध भने हुन नसकेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।




Comments