२६ माघ, दमक।
झापाको लखनपुरस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवन निर्माणका लागि प्रवासी झापाली सर्म्पक मञ्च दोहा कतारले सहयोग गरेको छ । निर्माणाधीन रेडक्रसको भवनमा सहयोग पुर्याउन मञ्चले ३५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।
हालै एक कार्यक्रम गरी मञ्चका अध्यक्ष चुडामणि कार्कीले सो सहयोग रेडक्रसका सभापति चन्द्र शाहलाई हस्तान्तरण गरेका हुन् ।
-->
कतारमा काम गर्दै आएका झापालीहरुको सक्रियतामा सो रकम जुटाइएको अध्यक्ष कार्कीले बताए । कार्कीले पनि रेडक्रसको भवन निर्माणका लागि व्यक्तिगत रुपमा नगद ५ हजार रुपैयाँ सहयोग गरेका थिए । लखनपुर-१ मा ५ महिनाअघि निर्माण शुरू गरिएको रेडक्रस उपशाखाको भवनमा हालसम्म ५ लाख बढी रुपैयाँ खर्च भइसकेको भवन निर्माण उपभोक्ता समितिका संयोजक समेत रहेका सभापति शाहले जानकारी दिए । करिव ४० लाख रुपैयाँको लागतमा बन्न लागेको सो निर्माणाधीन भवन स्थानीय दाताहरुको सहयोगमा निर्माण गरिने उनले बताए ।
लखनपुरमा एक बर्षअघि मात्र रेडक्रसले औपचारिक रुपमा उपशाखाको मान्यता पाएको थियो ।
-->
Comments
Post a Comment