इटहरीमा पूर्वी कमाण्डको प्रशिक्षणमा प्रचण्ड





नरेन्द्र बस्नेत,
२३ माघ, इटहरी।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल सो पार्टीको पूर्वी कमाण्डले सुनसरीको इटहरीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमका सहभागी भएका छन् ।
पूर्वी कमाण्डको कोचिला, लिम्बुवान र किरात राज्यअन्तर्गत रहेका जिल्ला तथा गाउँ स्तरका नेता तथा कार्यकर्तालाई भावी आन्दोलनको तयारीको लागि भन्दै माओवादीको पूर्वी कमाण्डले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालका साथै पूर्वी कमाण्ड इञ्चार्ज नारायणकाजी श्रेष्ठले कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । प्रशिक्षण कार्यक्रममा करिब १५ सय बढी नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको पार्टीले जनाएको छ ।




बिपक्षी दलहरुमध्ये प्रमुख दलको रुपमा रहेको एकीकृत माओवादीले सरकार बिरुद्ध भाबी आन्दोलनको घोषणा गरेसँगै त्यसको तयारीको लागि प्रशिक्षणको आयोजना गरिएको बताइएको छ । अन्तरीक प्रशिक्षण भएको भन्दै त्यहाँ पुगेका सञ्चारकर्मीलाई समेत प्रशिक्षण कार्यक्रमको हलबाट हटाइएको थियो । इटहरीस्थित रिजाल पार्टी प्यालेसमा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइएको छ ।
दाहाल र श्रेष्ठ आज इटहरीमा बस्ने कार्यक्रम रहेको छ भने भोलि जनकपुरमा पनि पार्टी प्रशिक्षणको कार्यक्रम रहेकाले प्रचण्ड जनकपुर जाने बताइएको छ।




Comments