विष्णु पौडेल, दमक।
झापाको कोहोबरा-१ की सविना मुर्मुले कक्षा-७ पढ्दापढ्दै स्कुल जानै छाडिन् । दुःखजिलो गरेर उनलाई स्कुल पढाउँदै गरेका उनका बाबु आमाले छोरीलाई समयानुकूलको शिक्षा दिन खोज्दाखोज्दै पनि सविनाले बिचैमा पढाई छाडेकी हुन् ।
'सानो हुँदा स्कुल जान्थेँ, अहिले जाँदिनँ', सविनाले भनिन् । स्थानीय जनता माविबाटै पढाई सुरु गरेकी उनले निम्न माध्यमिक तहमै पढाई छोड्नु परेको हो । सविना सानी छँदा बाहिर अर्काको मेलापात जानु पर्दैन थियो । ठुली हुँदै गएपछि अर्काको घर जग्गामा आश्रय लिएर बस्दै आएको उनको परिवारलाई दबाब आउन थाल्यो । उनलाई गाउँ छिमेककै जमिन्दारहरु र साथी संगिनीहरुले अर्काको खेतीपातीमा काम गर्न सघाउँदा हाजिरा पाउने भनेपछि पैसा कमाइ हुने आसमा एक दिन दुई दिन गर्दै स्कुलै जान छाडेकी हुन् ।
सुरुमा आमासँगै विदाको दिन पारेरमात्रै अर्काको मेलापत जाने गरेकी सविनालाई विस्तारै पढाईभन्दा दैनिक हाजिरा वापत पाउने सय-दुई सय रुपैयाँको कमाइमा बढी ध्यान जान थालेपछि स्कुल जान छाडेको दुई बर्ष भइसक्यो । घरमा सानी बहिनी छोडेर आमा मेलापात जाने गर्दा बहिनीको हेरचाह गर्ने गरेकी उनको स्कुलप्रतिको मोह यतिबेला पुरै टुटेको छ ।
शिवसताक्षी नगरपालिका ६ को इन्द्रेणी चोककी गीता मुर्मु पनि पोहोरसम्म लालझोडामा रहेको भानु उच्च माविमा सात कक्षाकै विद्यार्थी थिइन् । अर्कैको जग्गामा बनाएको सानो घरमा गीताका बाबुआमा समेत ७-८ जनाको परिवारको बसाइ । बिहान बेलुकाको छाक टार्न बाबु आमा अर्काको खेतीपातीमा काम गर्न जान्छन् । एकातिर घरमा स-साना भाइबहिनी छाडेर स्कुल जाँदा उनीहरुको हेरचाह गर्ने कोही हुन छाड्यो । अर्कातिर गाउँ छिमेकमा धान रोप्ने, काट्नेदेखि गोडमेलका काममा उनको पनि उसैगरी बानी पर्यो ।
हिजोआज स्कुल जाने उनको दैनिकीभित्र पर्दैन । गीता भन्छिन्, 'पहिले पहिले जान्थें, अहिले यतै काम गर्छु । सरकारले बर्षेनी सामुदायिक विद्यालयहरुमा शैक्षिक लगानी बढाइरहे पनि शिक्षित र सभ्य नागरिकको बसोबास भएको जिल्ला भनेर चिनिएको झापाका कैयौँ आदिबासी र सीमान्तकृत समुदायका बालबालिका भने प्राथमिक तहको पढाईसक्न भ्याउँदानभ्याउँदै स्कुल पढ्न छोडिरहेका छन् ।
जिल्ला शिक्षा कार्यालय झापाले विद्यालय भर्ना भएका सयमध्ये १२ जना विद्यार्थीले विद्यालय तहको पढाई पूरा नगरी छाड्ने गरेको तथ्याङ्क रहेको जनाएको छ । शिक्षा कार्यालयका उपसचिव उद्धव बिष्ट भन्छन्, 'दुई वर्ष अघिसम्म बिचैमा पढाई छाड्ने 'ड्रप आउट'को समस्या १५ प्रतिशत थियो । अहिले तीन प्रतिशत घटेर १२
प्रतिशतमा झरेको छ ।' उनले बिचैमा पढाई छाड्नुको पछाडी मुख्य कारण गरिबी नै भएको पनि बताए । 'आर्थिक रुपमा कमजोर परिवारका विद्यार्थीहरुले बीचैमा पढाई छाडेको देखिन्छ,' उपसचिव बिष्ट भन्छन्, 'यो वास्तवमा निक्कै चिन्ताको विषय हो ।' उनले झापामा विद्यालय जाने उमेरका तीन प्रतिशत बालबालिका अझै पनि विद्यालयको पहुँचबाहिर रहेको तथ्याङ्क रहेको जानकारी दिए । यो प्रतिशत दुई वर्ष अघिसम्म पाँच थियो । 'अहिले हामीले विद्यालयमा बालबालिका भर्ना गर्ने अभियानलाई तल्लो तहसम्म प्रभावकारी ढंगबाट सञ्चालन गरेका कारण दुई प्रतिशत घटेको छ, यसलाई शून्यमा झार्ने यस वर्षको लक्ष्य हो,' बिष्टले भने ।

Comments
Post a Comment