एभरेष्टले मनायो धुमधामका साथ २९ औं वार्षिकोत्सव



४ फागुन, पथरी।
मोरङको पथरीशनिश्चरे १ मा अवस्थित एभरेष्ट उच्च माविले सोमबार आफ्नो २९ औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले साँस्कृतिक कार्यक्रमका अलवा विविध कार्यक्रमहरुसमेत सम्पन्न सम्पन्न गरेको छ ।
कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा-११ सम्मका प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कारका साथै शिक्षक शिक्षिकालाई सम्मान पनि गरिएको थियो । यसैगरी विद्यालयमा दैनिक सफासुग्घर विद्यालय आउने विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विद्यालयका निर्देशक रबिन कन्दङवाले 'बाँचिन्जेलीलाई...', 'दर्शन नमस्ते.....' गीत प्रस्तुत गरी अभिभावक, विद्यार्थी र शिक्षकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।




विद्यार्थीहरुले लेकका हामी केटाकेटी बोलको गीतमा सोनु दिपिसा, बर्षा, सृजना, दिक्षा, आस्था, प्रतिमा, प्रतिक, प्रतिमा, उषा, अन्सीका र रोसिलाले र खोला खाली बोलको गीतमा गुन्जन सरदा, न्यसन लकान्द्री, राजकुमार राई, अनमोल श्रेष्ठ, सविता तिम्सिना, सारिका श्रेष्ठ, अमिसा मगर, बन्दना धिमाल, दुर्गा मगरले सामुहिक नृत्य प्रस्तत गरेका थिए ।
औपचारिक कार्यक्रमपछि विद्यार्थीहरुको प्रस्तुति साँझ परुञ्जेलसम्म भएको थियो । विद्यार्थी शिक्षक अभिभावक संघका अध्यक्ष पर्शु मिश्र, सभापति प्रमुख अतिथि स्रोत ब्यक्ति सोमनाथ निरौला रहेको थिए भने वेदनिधि खनालले कार्यक्रम सञ्चालन गरेका थिए । एभरेष्ट उच्च माविले वार्षिक रुपमा यस्तै भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने गरेको छ ।






Comments