राजघाटमा शतप्रतिशत जन्मदर्ता



१५ फागुन, उर्लाबारी ।
मोरङको राजघाटलाई हिबार शतप्रतिशत जन्मदर्ता भएको गाविस घोषणा गरिएको छ । जन्मदर्ता गर्न छुटेका १ सय ९० जना वालवालिकाको विहीबार जन्मदर्ता गरिएपछि सो गाविसमा शतप्रतिशतको जन्मदर्ता भएको हो।
राजघाटमा गत पुसदेखि सुरु भएको जन्मदर्ता अभियान सकिएपछि सो घोषणा गरिएको हो। शतप्रतिशत जन्मदर्ता अभियान प्लान नेपालको सहयोगमा फरेन विराटनगरले सञ्चालन गर्दै आएको छ । सन २०१५ सम्ममा मोरङलाई शतप्रतिशत जन्मदर्ता भएको जिल्ला घोषणा गर्ने अभियानअन्तर्गत यसलाई तीव्रता दिइएको फरेनका कार्यक्रम संयोजक प्रमिल अधिकारीले जानकारी दिए ।



शतप्रतिशत जन्मदर्ता घोषणा हुनेमा राजघाट २७ औं गाविस भएको गाविस सचिव चन्द्रप्रसाद पराजुलीले जानकारी दिए ।
सार्वजनिक माविमा आयोजित घोषणा कार्यक्रममा विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि गरिएको छ । प्रतियोगितामा राजघाट निमावि प्रथम भएको छ । अरनिको उच्च मावि द्वितिय, सार्वजनिक मावि तृतीय र लक्ष्मी मावि सान्त्वना भएको थियो । विजेतालाई सभाषद् पर्तमान धिमाल लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा सार्वजनिक माविलाई सहयोग गर्ने ६ जनालाई सम्मान गरिएको प्रधानाध्यापक टंकप्रसाद दुलालले वताए ।



Comments