सकियो डाँगीहाट महोत्सव



तेजन खड्का,
१० फागुन, उर्लाबारी।
मोरङको डाँगीहाटमा फागुन १ गतेबाट सञ्चालित कृषि तथा वाणिज्य पर्यटन महोत्सव गत आजबाट समापन भएको छ ।
विभिन्न ९० वटा व्यावसायीक स्टलहरु राखिएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको आकर्षक प्रस्तुतिले डाँगीहाटको माहौल पुरै तातेको थियो । उक्त महोत्सवमा गायक प्रमोद खरेल, इन्दिरा जोशी, मिलन अमात्य, धिरज राई, साजन राई, आनन्द कार्की, कोमल ओली, भीषण मुकारुङ, सिताराम कट्टेल, कुञ्जना घिमिरे, मनोज गजुरेल, विल्सनविक्रम राई लगायतले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।



१ लाख दर्शकले अवलोकन गरेको महोत्सवमा करिब ५ करोड रूपैयाँ बराबरको व्यापार भएको आयोजकले जनाएको छ । उद्यम कृषि सहकारी संस्था लिमिटेड डाँगीहाट-५ को आयोजनामा स्थानीय लक्ष्मी उच्च मावि खेल मैदानमा भएको महोत्सवमा ३ करोडको मुनाफा भएको आयोजक संस्थाका अध्यक्ष ध्रुबकुमार महतले बताए ।






har

Comments