चुम्लुङ तोपगाछीको अधिबेशन सम्पन्न



२८ माघ, दमक।
किरात याक्थुङ चुम्लुङ तोपगाछीको तेश्रो गाँउ अधिबेशन बुधबार सम्पन्न भएको छ ।
केर्खा बजारमा भएको सो अधिबेशनको उद्घाटनमा चुम्लुङलाई योगदान पुर्‍याउने दुईजना स्थानीय अग्रजलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेमा तिङलाल मेन्याङवो र शैक्षिक अगुवा गौरीमान फागो रहेका छन् । उनीहरुलाई चुम्लुङका जिल्ला सचिव विष्णु सुब्बाले सम्मान गरेका थिए।




त्यस अवसरमा जिल्ला सचिव सुब्बा, सम्मानीत ब्यक्तित्व फागो, चुम्लुङका उपाध्यक्ष सूर्यप्रसाद यगपाङदेन, सामाजिक अगुवा एपलाल इङनाम, प्रल्हाद सुब्बा लगायतले बोलेका थिए। अधिबेशनमा चुम्लुङ गाँउ शाखाका अध्यक्ष पूर्ण लिङदेनले अध्यक्षीय प्रतिवेदन र चुम्लुङ कोषाध्यक्ष छत्रमान फागोले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। अधिबेशनको बन्द सत्रले चुम्लुङको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।



Comments