मृगौलापिडीतलाई सहयोग



४ फागुन, दमक।
दुवै मृगौला खराब भएपछि नियमित डायलोसिस सेवा लिएर बाँचिरहेकी झापा दमक-१५ खोपीडाँडाकी सुशीला विकको परिवारलाई केही सहयोगी संस्थाहरुले नगद सहयोग जुटाएर हस्तान्तरण गरेका छन् ।
महिला सशक्तिकरण केन्द्र नेपाल, इसाई समाज दमक र झापाली युवा सरोकार समाजका अगुवाहरुले संकलन गरेको कुल ६ हजार ५ सय ४० रुपैयाँ नगद सोमबार विकको घरमै गएर हस्तान्तरण गरिएको हो । सो सहयोग रकम संकलनका क्रममा दमक १३ का उद्धव प्रसाद राईले ६ सय, लखनपुरका इन्द्रमान चाम्लिङ, झापाली युवा सरोकार समाजका अध्यक्ष कविराज चाम्लिङ र उपाध्यक्ष सुरज रिङगालुङ राईले ५-५ सय रुपैयाँसहित विभिन्न दाताहरुले रकम प्रदान गरेका हुन् ।





सहयोग रकम महिला सशक्तिकरण केन्द्र नेपालकी सचिव सुमित्रा वाङदेल, सरोकार समाजका अध्यक्ष चाम्लिङ, उपाध्यक्ष रिङगालुङ, इसाई समाज दमककी कोषाध्यक्ष तिला राई लगायतको टोलीले हस्तान्तरण गरेको हो । ती संस्थाहरुले उनको सहयोगका लागि दमक फुड फेस्टिवल स्थलमा समेत केही दिनअघि रकम संकलन गरेका थिए ।
यसअघि पनि ती संस्थाले नगद ५ हजार ७० रुपैयाँ विकको उपचारका लागि प्रदान गरेका थिए ।





Comments