मनकामना बहुमुखी क्याम्पसको १५औं वार्षिकोत्सव




१ फागुन, विर्तामोड ।
मनकामना बहुमुखी क्याम्पस, बिर्तामोडको १५औं वार्षिकोत्सव तथा नयाँ विद्यार्थी स्वागत कार्यक्रम शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक अर्जुन बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कक्षा ११ र स्नातक तह प्रथम वर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई अबिर र खादा लगाएर स्वागत गरिएको थियो ।

कार्यक्रममा स्नातक तह पहिलो वर्षको वार्षिक परीक्षामा उत्कृष्ठ अङ्क प्राप्त गर्ने छात्रा सम्झना खड्का, कक्षा १२ मा उत्कृष्ठ अङ्क प्राप्त गर्ने छात्रा ज्योत्स्ना प्रसाईं र कक्षा ११ मा उत्कृष्ठ अङ्क प्राप्त गर्ने छात्रा कञ्चन गुप्तालाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।



वार्षिकोत्सव समारोहमा क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले क्याम्पसको विगतदेखि आगामी योजनाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा महेन्द्ररत्न उच्च माविका प्राचार्य मोहन ओली, जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति केशर खवास, युवा नेता तथा गीतकार विश्वप्रकाश शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वार्षिकोत्सव तथा स्वागत कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।



Comments