पत्रकार बनी थर्काउने विरुद्ध उजुरी



५ फागुन, रमाइलो ।
वोर्डिङ स्कुलका शिक्षक र फाउण्डर बीचको विबाद नमिलाए समाचार नरोकिने भन्दै फोनबाट धम्की दिने 'प्रदिप' नामका नक्कली पत्रकारविरुद्ध इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको छ ।
मोरङको वयरवन-८ स्थित पर्ल एकेडेमी इङ्लिस स्कुलका फाउण्डर मनकुमारी गुरुङको ९८४२०३४३१८ मा ९८५२०२८३५३ बाट फोन गर्ने प्रदिप विरुद्ध कारवाहीको माग गरी सोमबार प्रहरीमा उजुरी परेको हो । सोमबार बिहान १०:१८ बजे आफू सृष्टि पत्रिकाको पत्रकार भएको भन्दै विबाद समाधान नगरे समाचार नरोकिने धम्की दिएको फाउण्डर गुरुङले बताइन्।



गुरुङका अनुसार प्रदिपले झण्डै ७ मिनेट जति (६ मिनेट ५१ सेकेन्ड) एकोहोरो दबाबमुलक धम्की दिई भोलि आउने (मंगलबार आउने-समाचार नरोकिने बताएका थिए । उनले फोनबाट धम्की दिएलगत्तै आफ्नो सम्पर्कका पत्रकारसहित नेपाल पत्रकार महासंघ मोरङका सभापति महेन्द्र विष्टलाई समेत घटना बारे जानकारी गराएको फाउण्डर गुरुङले बताइन् । महासंघ सभापतिले ९८५२०२८३५३ नं.को सीम प्रयोग गर्ने प्रदिप नामको पत्रकार महासंघको सम्पर्कमा नभएको जनाएपछि फाउण्डर गुरुङले न्यु सृष्टि दैनिकका सम्पादकसँग समेत प्रदिपको बारे बुझ्न आफ्नो चिनजानका पत्रकारसँग सहयोग लिएको बताएकी छिन् ।
सबैतिर बुझेपछि नक्कली पत्रकारबाट धम्की आएको ठम्याई गरी प्रहरीमा उजुरी दिएको उनले बताइन् । विद्यालयमा पढाइरहेका विज्ञान शिक्षक कमल आचार्यले पूर्व सूचना नदिई विद्यालय छोडेपछि ब्यवस्थापनले आचार्यलाई हटाएको थियो । प्याब्सन पथरी क्लसटरले लिएको कक्षा १० को विज्ञान विषयको परीक्षामा अधिकांश विद्यार्थी फेल भएपछि ब्यवस्थापनले आचार्यको योग्यतामाथि शंका गरी वीएस्सी उत्तीर्ण भएको प्रमाण पत्र पेश गर्न अनुरोध गरेको थियो । तर, वीएस्सीको प्रमाणपत्र दिन नसकेपछि आचार्य आफैं सम्पर्क बाहिर बसी विद्यालयको बद्नाम गराउन अनेक प्रपञ्च गर्न थालेको गुरुङले बताएकी छिन् । यद्यपि आचार्यले पाउन बाँकी पारिश्रमिक रोक्ने मनसाय नरहेको गुरुङको भनाई छ ।

फाउण्डर गुरुङ र शिक्षक आचार्यबीच पारिश्रमिक कै विषयमा विबाद चल्दै आएको थियो ।
यता इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रुद्रप्रसाद चुडालले भने सोमबार कामको शिलशिलामा आफू कार्यालय बाहिर रहेको र मंगलबार सरकारी बिदा परेकोले बुधवार आवश्यक अनुसन्धान थालिने बताए।


Comments