नकावधारी समूहद्वारा लुटपाट



२ फागुन, दमक।
दक्षिणी झापाको पथरियास्थित एक घरमा अपरिचित समुहबाट लुटपाट भएको छ।
पथरिया ४ का बिष्णु खतिवडाको घरमा आज बिहानै १०-१२ जनाको संख्यामा आएको नकाबधारी समुहले परिवारका सदस्य सबैलाई नियन्त्रणमा लिई लुटपाट गरेको हो।
लुटपाटको क्रममा लुटेराको समूहले कुटपिट गर्दा खतिवडाकी श्रीमती ३५ बर्षिया तुलसा खतिवडा र बुहारी ३१ बर्षिया तारा खतिवडा घाइते भएका छन्। लुटेराहरुले बिष्णु खतिवडाको आमा ६२ बर्षिया द्रौपदाको कान र नाकमा लगाएको अन्दाजी डेढ तोला सुन तथा घरमा भएका अन्य सामान लुटी प्रहरीले जनाएको छ।



कुटपिटबाट घाइते भएका परिवारका सदस्यहरुको ओम साई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको जनाइएको छ।
घटनामा संलग्न समुहको खोजतलास र पहिचान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।






Comments