जग्गाको लफडाले नागरिकलाई सास्ती





२८ माघ, दमक ।
आफ्नो जग्गा अनाधिकृत रुपमा विक्रीमा रोक लगाएको भन्दै झापाको दमक-६ का अग्निप्रसाद संग्रौलाले सामाजिक न्यायको लागि सबैमा अपिल गरेका छन् । जग्गाको बिबादका कारण आफ्नो सम्पूर्ण जग्गा बिक्री बितरणमा रोक लगाइएको जनाउँदै संग्रौलाले न्यायका लागि अपिल गरेका हुन् । झापाको दमकमा सच्चा नागरिक समाज सार्वजनिक समितिद्वारा वुधबार आयोजित सार्वजनिक सुनवाई कार्यक्रमा पीडितले यस्तो जानकारी दिएका हुन् । संग्रौलाले आफूलाई जग्गा क्रेताहरुले फसाएको भन्दै सामाजिक न्यायका लागि गुहारको माग गरेका छन् । उनले भने, 'जग्गा किनेवेचमा असमझदारी हुँदा आफू अन्यायमा परेको छु, न्यायका लागि सवैको सहयोग चाहन्छु ।'



दमक नगरपालिका-६ को कित्ता नम्बर ३१६१७ को साढे ६ धुर जग्गा दमक-१३ का लक्ष्मीप्रसाद संग्रौलालाई २०६६ सालमा बिक्रीका लागि संग्रौलाले बैना गरेका थिए । १७ लाख रुपैयाँमा बिक्री गरेको जग्गाको लक्ष्मीप्रसाद संग्रौलाले २५ लाखको कागजमा हस्ताक्षर गराएको र ९ लाख ७० हजार रुपैयाँ बैना लिएको उनले बताए । पिडित संग्रौलाले भने, 'लक्ष्मी संग्रौलालाई जग्गा पास गरिदिन्छु भन्दा उल्टै आफुलाई अर्को जग्गा देखाइस भन्दै जिल्ला अदालत झापामा मुद्दा लगाएर आफूलाई हराइयो ।'
लक्ष्मीले मुद्दा जितेपछि अग्निका दाजु राजेन्द्रसँग मिलेर अग्निका नाममा रहेको सम्पूर्ण जग्गा रोक्का गरेको पीडितले दुखेसो पोखे । पीडित संग्रौलाले कार्यक्रममा भने, 'त्यस बेला आफ्ना दुबै छोराहरु ब्लड क्यान्सर भएर अस्पतालमा थिए, त्यो जाली कागज नहेरी हस्ताक्षर गराए', उनले थपे, 'न त छोराहरुलाई नै बचाउन सकें न जग्गा नै ।'


सुनुवाई कार्यक्रममा स्थानीय दिलिप संग्रौलाले भने, 'यस बिषयमा पटक-पटक मिलाउने प्रयास गरे पनि मिलाउन सकिएन ।' संग्रौला बन्धुहरुको छाता संगठनका अध्यक्ष समेत रहेका दिलीपले यस बिषयमा दुवैपक्षलाई राखेर चार पटकसम्म मिलाउने कोशिस गरेको भएपनि असमझदारीका कारण समस्या जटिल बनेको उल्लेख गरे । अर्का स्थानीय बिनोद थापाले अग्निलाई लक्ष्मीले अन्याय नै गरेको बताए ।
आरोपी लक्ष्मीले जग्गा बैना गर्दा अग्नीलाई १७ लाख दिएको दावी गर्दै आएका छन् । उनले १७ लाख लिएर अग्निले ९ लाख ७० हजार रुपैया मात्र पाएको आरोप लगाएको बताए ।




Comments