सुन पसलमा लाखौंको चोरी



१ फागुन, दमक।
झापाको गौरीगंजस्थित एक सुन पसलमा लाखौंको चोरी भएको छ । गएराति गौरीगञ्ज चोकमा रहेको पराजुली सुनचाँदी पसलको पर्खाल फुटाएर करिव ६ लाख मूल्यका विभिन्न गरगहनाहरु चोरिएका छन् ।
पसलभित्र रहेको सेफको ताला फुटाउने कोसिस गर्दा चोरहरु असफल भएको भएपनि सोकेसमा रहेका बहुमल्य गरगहनाहरु भने चोरी भएको पसल सञ्चालक ध्रुव पराजुलीले जानकारी दिए ।

चोरीमा संलग्नको अझै पहिचान हुन नसकेको भएपनि चोरीका सम्बन्धमा आवश्यक अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौरिगञ्जले जनाएको छ ।




Comments