बेलबारीमा खेलकुद महोत्सव हुने




तेजन खड्का
१२ फागुन, उर्लाबारी।
मोरङको बेलबारीमा फागुन १७ गतेदेखि खेलकुद महोत्सवको आयोजना गरिने भएको छ ।
बेलबारी फुटवल क्लव बेलबारीले १५ दिने खेलकुद महोत्सवको आयोजना गर्ने भएको हो ।
खेलकुद क्षेत्रमा भएका प्रतिभाहरुको उजागर तथा अग्रज र पूर्व खेलाडीहरूको सम्मानका लागि महोसत्वको आयोजना गरिन लागेको मंगलबार बेतना सिमसार परिषरमा पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।




खेलकुद महोत्सवका संयोजक उपेन्द्र सुवेदीले महोत्सवमा कराँते, फुटबल, बुद्धिचाल, भलिबल लगायतका प्रतियोगिताको आयोजना गरिने जानकारी दिए । उनका अनुसार महोत्सव अवधिभर राष्ट्रियहरु क्लकारहरुको आकर्षक प्रस्तुति रहनेछ । महोत्सवमा खेलकुद समाग्रीको प्रदर्शन, घरेलु उत्पादन र हस्तकलाका सामाग्रीहरुको स्टल राखिनेछ ।
१ लाख दर्शकले अवोलकन गर्ने महोत्सवमा १ करोड रूपैयाँको कारोवार हुने आयोजकको लक्ष्य रहेको छ । महोत्सवबाट मुनाफा भएको रकम वेलबारी रंगशालामा प्याराफिट निर्माण गरिने आयोजकले जनाएको छ ।







Comments