प्रतिष्ठानको वजेट झण्डै आधा अर्व




१३ फागुन, पथरी।
मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीले बुधबार सामाजिक लेखा परीक्षण कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रतिष्ठानको आ.व. ०७०/०७१ को जम्मा बजेट ४८ करोड १० लाख २ हजार १४ रुपैयाँमा यथार्थ खर्च ४३ करोड १९ लाख १८५ रुपैयाँ खर्च भएको जानकारी दिइयो । जसमा पूँजीगत खर्च तथा निर्माण सुधार, सामुदायिक विकास कार्यक्रम, सशक्तिकरणको माध्यमबाट जिविकोपार्जनमा सुनिश्चितता कार्यक्रम, साना व्यवसाय सुदृढिकरण परियोजनालगायतमा लगानी गरिएको थियो । सामाजिक लेखाजोखा कार्यक्रममा प्रतिष्ठानका कार्यकारी अधिकृत विश्व निरौला, विभागिय प्रमुख जीवन सापकोटा, लेखा अधिकृत मेघराज सिर्पाली, बजारीकरण अधिकृत भुवन धिमाललगायतले गतिविधिका बारेमा प्रष्ट्याएका थिए ।




कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गुरु बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
जननेता मदन भण्डारीको स्मृतिमा स्थापित विकासप्रति समर्पित संस्थाले स्थापनाकालदेखि नै प्राविधिक शिक्षामार्फत प्रविधि हस्तान्तरण, व्यवसायिक तथा सीपमूलक तालिम र सामाजिक विकासका कार्यक्रमहरु गर्दै आएको छ ।






Comments