ब्लेडले घाँटी काटेर छिमेकीको हत्या प्रयास




२५ माघ, दमक।
झापाको डाँगीबारीमा ब्लेडले घाँटी रेट्दा एक युवक गम्भीर घाइते भएका छन्।
डाँगीबारी ७ मा शनिवार राति स्थानीय ३६ बर्षिय बिकाश सुब्बालाई २९ बर्षिय मनिष भुजेलले ब्लेडले घाँटीमा रेटेर घाइते बनाएका हुन्। सुब्बा र भुजेलबीच आपसी बिवाद चलिरहँदा भुजेलले ब्लेडले सुब्बाको घाँटी काटी घाइते बनाई फरार भएको पिडित परिवारले जनाएको छ। घाइते सुब्बाको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
घाँटी काटी भाग्ने भुजेललको खोजी भइरहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ।


Comments