चुम्लुङ दमकको अध्यक्षमा पुनः सम्बाहाम्फे



२ फागुन, दमक।
किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको अध्यक्षमा पुनः गुमानसिंह सम्बाहाम्फे चुनिएका छन् । आज दमक नगरपालिकाको सभाहलमा सम्पन्न चुम्लुङको बन्द सत्रले सम्बाहाम्फेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
आगामी तीन बर्षको कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा देवेन्द्र चेम्जोङ, सचिवमा ओममाया आङदेम्बे, सह-सचिवमा मनकुमारी पन्दाक र कोषाध्यक्षमा शान्ता पालुङ्वा चुनिएका छन् ।
यसैगरी सदस्यहरुमा ध्रुव साउदेन, विष्णु माया चेम्जोङ, गंगा सागर शेर्मा, आशा इङनाम पेयङ, धिरेन लाओती, पदमकुमारी लिम्बु, गजेन्द्र मादेन, कमल सेनेहाङ, कविन्द्र शेर्मा र रविन आङदेम्बे चयन भएका हुन् ।



सर्वसम्मत निर्वाचित समितिलाई चुम्लुङका केन्द्रीय सदस्य तथा निर्वाचन समितिका संयोजक पूर्णमान लाओतीले शपथग्रहण गराएका थिए । त्यस अवसरमा संविधानसभाका पूर्व सदस्य सुरेश लिङदेन लगायतले बोलेका थिए ।
गत माघ २९ गते सम्पन्न सातौं नगर अधिबेशनको बन्द सत्र सहमति जुट्न नसकपछि दुई दिन सम्मका लागि स्थगित भएको थियो ।

तस्वीर - चुम्लुङ दमकका निर्वाचित समितिलाई सपथग्रहण गराइँदै (विष्णु सुब्बा)





Comments